FAQs Complain Problems

संक्षिप्त परिचय

कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ| भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश र८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ| यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका,दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ| नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थीत रहेको छ|

नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो| कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस बस्त्को नाम कृष्णनगर रहन गएको | तत्यकालिन ३ वटा गा.वि.स. कृष्णनगर,शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा  र २०७४ सालमा आएर थप ७ वटा गा.वि.हरु भिल्मी,पुर्षोत्तमपुर,अजिगरा,बहादुरगंज,विद्यानगर,रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले  कृष्णनगर नगरपालिका बनेको छ| 

वडा अध्यक्षहरुको सम्पर्क नम्बर

 

श्री तुङ्गनाथ चौधरी             वडा अध्यक्ष १         ९८१९४९३३१८    
श्री संजय कुमार गुप्ता         वडा अध्यक्ष २       ९८५७०५५७५०    
श्री सगीर अहमद खाँ          वडा अध्यक्ष  ३      ९८४७०८४९८२    
श्री घनश्याम बनिया            वडा अध्यक्ष ४       ९८४७०४२५५१    
श्री मोहम्मद जमिल खाँ        वडा  अध्यक्ष ५      ९८१९४५१९४८    
श्री देवानन्द शुक्ला              वडा अध्यक्ष  ६      ९८१७४६४४४०    
श्री राजकिशोर यादव          वडा अध्यक्ष ७       ९८४७५१२४३६    
श्री नुर मोहम्मद मुसलमान    वडा अध्यक्ष ८      ९८४७२०७१३३    
श्री राम मिलन कुर्मी             वडा अध्यक्ष ९      ९८५७०५५५६२    
श्री अब्दुल मोविन खाँ          वडा  अध्यक्ष १०    ९८४७२१७१२४    
श्री फग्गु मुराउ                   वडा अध्यक्ष ११     ९८१५४७७०५७    
श्री छेदी प्रसाद यादव           वडा अध्यक्ष १२    ९८५७०५५४०७